मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

घुँडाको शल्यक्रियापछि बेन स्टोक्सलाई भारतविरुद्धको टेस्ट शृंखलाको चिन्ता

बिहीबार, १४ मङ्सिर २०८०, १४ : ०९
बिहीबार, १४ मङ्सिर २०८०

काठमाडौँ । ब्यक्तिगत कारण देखाउँदै आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने घोषणा गरेका इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले आफ्नो घुँडाको शल्यक्रिया गराएका छन् । उनी लामो समयदेखि बायाँ घुँडाको समस्याबाट पिडीत रहँदै आएका थिए । 

३२ वर्षीय स्टोक्सको घुँडाको सफल शल्यक्रिया भएको समाचारमा जनाइएको छ । शल्यक्रियापछि स्टोक्सले आगामी जनवरीमा खेलिने भारतविरुद्धको टेस्ट शृंखलाअघि नै आफू स्वस्थ्य भइसक्ने विश्वास ब्यक्त गरेका छन् ।

‘शल्यक्रियापछि अब केही समय आराममा रहने छु । आशा छ भारतविरुद्धको टेस्ट शृंखलाअघि म पूणर्रुपमा स्वस्थ्य भइसक्नेछु,’ इङ्ल्यान्डको टेस्ट टोलीका कप्तानसमेत रहेका स्टोक्सले सामाजिक सञ्जालमार्फत भनेका छन् । घुँडाको समस्याका कारण उनले यसै वर्ष खेलिएको अस्ट्रेलियाविरुद्धको परम्परागत एसेस टेस्ट शृंखलामा पनि बलिङ गर्न सकेका थिएनन् । 

सोही समस्याका कारण हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि उनी ब्याट्सम्यानको भूमिकामा मात्र देखिएका थिए । उनले एकदिवसीय विश्वकपको समाप्तिपछि घुँडाको शल्यक्रिया गर्ने यसअघि नै बताएका थिए ।

इङ्ल्यान्ड र भारतबिचको पाँच टेस्टको क्रिकेट शृंखला आगामी जनवरी २५ तारिखदेखि हैदराबाटमा सुरु हुनेछ । टेस्ट शृंखलामा सहभागी हुन भारत पुग्नुअघि इङ्ल्यान्डको टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई साता अभ्यास गर्ने कार्यक्रम रहेको छ । 

गत साता स्टोक्सले आफू सन् २०२४ को आईपीएलमा अनुपस्थित रहेका बताएका थिए । सन् २०२३ को आईपीएलमा चेन्न्इ सुपर किङ्सले स्टोक्सलाई ठूलो पारिश्रमिकमा आफ्नो क्लबमा आबद्ध गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप