घुँडाको शल्यक्रियापछि बेन स्टोक्सलाई भारतविरुद्धको टेस्ट शृंखलाको चिन्ता
काठमाडौँ । ब्यक्तिगत कारण देखाउँदै आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) नखेल्ने घोषणा गरेका इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले आफ्नो घुँडाको शल्यक्रिया गराएका छन् । उनी लामो समयदेखि बायाँ घुँडाको समस्याबाट पिडीत रहँदै आएका थिए ।
३२ वर्षीय स्टोक्सको घुँडाको सफल शल्यक्रिया भएको समाचारमा जनाइएको छ । शल्यक्रियापछि स्टोक्सले आगामी जनवरीमा खेलिने भारतविरुद्धको टेस्ट शृंखलाअघि नै आफू स्वस्थ्य भइसक्ने विश्वास ब्यक्त गरेका छन् ।
‘शल्यक्रियापछि अब केही समय आराममा रहने छु । आशा छ भारतविरुद्धको टेस्ट शृंखलाअघि म पूणर्रुपमा स्वस्थ्य भइसक्नेछु,’ इङ्ल्यान्डको टेस्ट टोलीका कप्तानसमेत रहेका स्टोक्सले सामाजिक सञ्जालमार्फत भनेका छन् । घुँडाको समस्याका कारण उनले यसै वर्ष खेलिएको अस्ट्रेलियाविरुद्धको परम्परागत एसेस टेस्ट शृंखलामा पनि बलिङ गर्न सकेका थिएनन् ।
सोही समस्याका कारण हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि उनी ब्याट्सम्यानको भूमिकामा मात्र देखिएका थिए । उनले एकदिवसीय विश्वकपको समाप्तिपछि घुँडाको शल्यक्रिया गर्ने यसअघि नै बताएका थिए ।
इङ्ल्यान्ड र भारतबिचको पाँच टेस्टको क्रिकेट शृंखला आगामी जनवरी २५ तारिखदेखि हैदराबाटमा सुरु हुनेछ । टेस्ट शृंखलामा सहभागी हुन भारत पुग्नुअघि इङ्ल्यान्डको टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई साता अभ्यास गर्ने कार्यक्रम रहेको छ ।
गत साता स्टोक्सले आफू सन् २०२४ को आईपीएलमा अनुपस्थित रहेका बताएका थिए । सन् २०२३ को आईपीएलमा चेन्न्इ सुपर किङ्सले स्टोक्सलाई ठूलो पारिश्रमिकमा आफ्नो क्लबमा आबद्ध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026