उत्तर कोरियाली दूतावास बन्द हुँदा सरकारले चासो नदिएको भन्दै सुवालको आपत्ति
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा उत्तर कोरियाको राजदूतावास बन्द हुँदा सरकारले चासो नदिएको भन्दै आपत्ति व्यक्त गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपालमा उत्तर कोरियाबाट आएर आइटी, मेडिकल क्षेत्रमा काम गर्ने कामदारलाई देश निकाला गर्नु उचित नभएको बताए ।
सांसद सुवालले भने– ‘नेपालबाट उत्तर कोरियाको राजदूतावास किन उठेर गयो ? ५५ वर्षअघि देखि मैत्रीपूर्ण सम्बन्ध रहेको देशले आफ्नो दूतावास हटाउनु राम्रो होइन । दूतावास हटाउनुको कारण के थियो सरकारले संसद्लाई जानकारी गराउनुपर्छ कि पर्दैन ? यसबारे समितिले सरकारसँग जवाफ माग्नुपर्छ । उत्तर कोरियाबाट नेपालमा आइटी र मेडिकल क्षेत्रमा केही कामदारले काम गरिरहेका थिए । उनीहरूलाई नेपालबाट निकाला गरिएको छ । लाखौँ नेपालीले अरूको देशमा गएर काम गर्न हुने, नेपालमा अरू देशका आएर काम गर्न नहुने भन्ने यस्तो पनि हुन्छ ?’
सांसद सुवालले रुस र युक्रेनको युद्धमा नेपाली युवाहरूले ज्यान गुमाइरहेको बताउँदै नेपाली युवालाई भाडाको सैनिक बन्नबाट रोक्न माग गरे । भाडाको सैनिकको रूपमा नेपाली प्रयोग हुने अवस्था रोक्न समितिले सरकारलाई कडा निर्देशन दिनुपर्ने उनको भनाई छ । सांसद सुवालले भाडाको सैनिक हुने प्रक्रिया नरोक्ने हो भने मन्त्री, प्रधानमन्त्रीको छोरा छोरी पनि भाडाको सैनिक हुनुपर्ने छ भनेर ऐन बनाउनुपर्यो भन्दै कटाक्ष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण