सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा छुटेका यात्रुसँग मन्त्री किराँतीले मागे माफी

बिहीबार, १४ मङ्सिर २०८०, १९ : १०
बिहीबार, १४ मङ्सिर २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधबार ३१ यात्रु छोडिएकोप्रति माफी मागेका छन् ।  

बिहीबार काठमाडौँमा म्युजिक भिडियो म्युम्जमा ए सार्वजनिक गर्दै उनले माफी मागेका हुन् । उनले २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडिएको र उनीहरुलाई सरकारले नै होटलमा राखी बिहीबार गन्तव्यमा पुर्‍याएको बताए । 

मन्त्री किराँतीले भिभिआईपी सवार हुने भएकाले पराष्ट्रको चिठी, निर्देशनको आधारमा झन्डै दुई हप्ता अघिदेखि नै राति साढे ११ बजेको फ्लाइट सार्नुपरेको बताए । उनले प्यासेन्जरहरुलाई मेल र फोन गरेर जानकारी गराएपनि फोन नउठाउने र मेल जाँच नगर्नेहरु समस्यामा परेको बताए ।

मन्त्री किराँतीले युरोपियन युनियनको कालोसूचीमा देश करिब १३ वर्ष अघिदेखि रहेको भन्दै अब खुल्ने चरणतिर प्रवेश गरेको बताए । १२ बुँदै चिठी पठाएको र १२ बुँदा पालना गरेको खण्डमा कालोसूचीबाट हट्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप