शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा धूम्रपान विरोधी विधेयक पारित

बिहीबार, १४ मङ्सिर २०८०, २० : १४
बिहीबार, १४ मङ्सिर २०८०

क्वालालम्पुर । मलेसियाको संसद्ले धूम्रपान विरोधी विधेयक पारित गरेको छ । संसद्को तल्लो सदनले बिहीबार नाबालिगहरूलाई भ्यापिङ यन्त्रलगायत निकोटिन युक्त उत्पादनहरूबाट बचाउने उद्देश्यले धूम्रपान विरोधी विधेयक पारित गरेको हो ।

स्वास्थ्यमन्त्री जालिहा मुस्तफाले पेस गरेको विधेयकमा सुर्तीजन्य पदार्थ, धूम्रपान वा सुर्तीजन्य पदार्थको बिक्री वितरण र नाबालकलाई धूम्रपान सम्बन्धी कुनै पनि सेवा उपलब्ध गराउन निषेध गर्ने व्यवस्था गरिएको छ ।

मन्त्री जालिहाद्वारा प्रस्तावित ऐनले सुर्तीजन्य उत्पादनका तीन वर्गलाई नियमन गर्नेछ । पहिलो वर्गमा प्रशोधन गरिएको सुर्ती वा मानव उपभोगको लागि निर्माण गरिएको कुनै सुर्तीजन्य पदार्थ, दोस्रोमा निकोटिन, प्रोपाइलिन ग्लाइकोल, ग्लिसरोल र ट्राइथाइलिन ग्लाइकोललगायत धूमपानका लागि प्रयोग हुने कुनै पनि पदार्थको संयोजन गरी बनाइएको विद्युतीय (ई-चुरोट) र तेस्रोमा धूमपानका लागि तयार सुर्तीजन्य उत्पादनहरू प्रतिस्थापन गर्ने लगायतका छन् ।

चुरोट तमाखु उत्पादनका विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा प्रतिबन्ध लगाउने प्रावधानहरू जुन पहिले नै विद्यमान कानूनहरू अन्तर्गत लागू  हुने र अब ई-चुरोट, सुर्तीजन्य उत्पादनहरू, धूम्रपान पदार्थहरू र प्रतिस्थापन सुर्तीजन्य उत्पादनहरू लगायत सबै उत्पादनहरूमा विस्तार गरिएको मन्त्रीले जानकारी दिए । 

साथै विधेयकमा सबै आयातकर्ता र सुर्तीजन्य उत्पादनका उत्पादकहरूले मलेसियाली बजारका लागि उत्पादित प्रत्येक उत्पादन दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । विधेयकमा भनिएको छ,'प्रत्येक उत्पादनको विशिष्टता र सामग्रीको रेकर्डिङको लागि अनुमति दिइने र दर्ता नगरिएका उत्पादनहरू लाई कारबाही गरिने छ ।'-(रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप