रणवीरको ‘एनिमल’ हेरेपछि आलियाको प्रतिक्रिया : ‘फिल्म खतरनाक छ’
मुम्बई । बलिउड अभिनेता रणवीर कपुरको फिल्म ‘एनिमल’ शुक्रवारबाट संसारभर रिलिज भएको छ । फिल्मले राम्रो व्यवसाय गर्ने अपेक्षा गरिएको छ । रिलिज अगाडि बिहीबार फिल्मको एक विशेष शो समेत आयोजना भएको थियो ।
जसमा बलिउडका स्टारहरूको सहभागिता थियो । अभिनेत्री आलिया भट्ट पनि पति रणवीरको सपोटका लागि फिल्मको विशेष शोमा पुगेकी थिइन् ।
उनी आफ्नी आमा सोनी राजदानका साथ प्रिमियरमा सहभागी थिइन् । फिल्म हेरेपछि उनले मिडियासँग फिल्म खतरनाक भएका प्रतिक्रिया दिएकी छन् ।
प्रिमियरमा रणवीर फिल्मको भूमिकाकै टिसटमा सहभागी थिए । जहाँ अभिनेत्री रश्मिका मन्दाना भने ब्राउन लेदर ड्रेसमा सहभागी थिइन् ।
फिल्ममा रणवीर र रश्मिकाको अलवा बबी देओल र अनिल कपुरको पनि अभिनय छ । बबी देओल पनि फिल्म हेर्न सपरिवार सहभागी थिए ।
फिल्ममा बबीले भिलेनको भूमिका निर्वाह गरेका छन् । फिल्म हेर्न बबीको पत्नी तानान्य, छोरा आर्यमान र भतिज करण समेत सहभागी थिए । शोमा अनिल कपुर पनि सहभागी थिए ।
सन्दीप रेड्डी भांगा निर्देशित ‘एनिमल’ को कथावस्तु बाबु र छोराबिचको ‘प्रेम र घृणा’ ले भरिएको छ । फिल्ममा अनिलले रणवीरको बुबाको भूमिका निर्वाह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण