राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत : मङ्सिर २४ देखि २९ सम्म दल दर्ताको समय
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगको बिहीबार बसेको बैठकले माघ ११ गते हुने १९ पदको निर्वाचन तालिका स्वीकृत गरेको हो । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलेले शुक्रवार जारी गरेको विज्ञप्तिमा मङ्सिर २४ गते देखि २९ गतेसम्म दल दर्ताका लागि समय निर्धारण गरिएको छ ।
राजनीतिक दल दर्ता भएपश्चात् पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले जनाएको छ । त्यस्तै पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जनाएको छ ।
पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ भने माघ ११ गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुने कार्यतालिका तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठकका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित
-
बेलायतमा गोर्खा कपको तयारी पूरा, ५० टिमबिच प्रतिस्पर्धा
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
-
राष्ट्रपति रईसी र विदेशमन्त्रीको निधन : इरानी सञ्चारमाध्यम
-
रास्वपा संसदीय दलको बैठक संसद भवनमा
-
एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी