अल नासरलाई हराउँदै अल हिलाललाई शीर्ष स्थानमा अग्रता
शनिबार, १६ मङ्सिर २०८०, ०६ : ४०
रियाद । अल हिलालसँग पराजित हुँदै क्रिस्टियानो रोनाल्डोको अल नासरलाई उपाधि होडमा ठुलो धक्का लागेको छ । शुक्रबार भएको खेलमा ३–० को जीत हासिल गर्दै अल हिलालले साउदी प्रो लिगमा ७ अङ्कको अग्रता बनाउन सफल भएको हो ।
निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६४ औँ मिनेटमा सर्गेज मिलिन्कोभिच साभिचले गोल गर्दै अल हिलाललाई अग्रता दिलाए । लगत्तै रोनाल्डोले भलीमार्फत गोल गरेपनि त्यसलाई अफसाइड करार गरिएको थियो ।
खेलको अन्त्यमा अलेक्सान्डर मिट्रोभिचले दुई गोल गर्दै टोलीलाई शानदार जीत दिलाए । हालसम्म अपराजित अल हिलालको १५ खेलबाट ४१ अङ्क रहेको छ भने समान खेलबाट अल नासरको ३४ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण