उद्योग खोली आत्मनिर्भरतातर्फ हिंसा प्रभावित महिला
सिरहा । सिरहाको लहानमा घरेलु हिंसाबाट प्रभावित भएका चारजना महिला मिलेर ‘जागरुक दालमोठ भुजिया उद्योग’ सञ्चालन गरी आत्मनिर्भरतातर्फ अग्रसर भएका छन् ।
ओरेक नेपाल सिरहाको वार्षिक व्यवसायिक योजनाअन्तर्गत जनही रु २० हजार गरी कूल रु ८० हजार आर्थिक सहयोगमा दालमोठ भुजिया उद्योग सञ्चालनमा ल्याइएको संयोजक अनिता चौधरीले जानकारी दिइन् । उनको अनुसार हिंसा प्रभावित महिलालाई दिगो आम्दानीमार्फत स्वरोजगार बनाउन उद्योगको अवधारणा अघि सारिएको हो ।
“श्रीमान् तथा सासू–ससुराबाट घरेलु हिंसामा परेका महिलाको जीविकोपार्जनको लागि हामीले ‘बीउपुँजी’ स्वरुप सानो रकम उहाँहरुलाई उद्योग सञ्चालन गर्नको लागि उपलब्ध गराउँछौँ”, संयोजक चौधरीले भनिन्, “यसले उहाँहरुको जीविकोपार्जनमा सहयोग पुग्नुका साथै हौसला अभिवृद्धि हुन्छ ।” उनका अनुसार अदालतमा मुद्दा विचाराधीन रहँदासम्म ओरेक नेपालकै संरक्षणमा पीडित महिलाले उद्योग सञ्चालन गर्ने गरेका छन् ।
ओरेक नेपाल सिरहाले गरेको यसप्रकारको कार्यको प्रशंसा गर्दै लहान नगरपालिकाका उपप्रमुख रामचरितार महतोले हिंसा प्रभावित महिलाको पुनःस्थापना र जीविकोपार्जनमा उद्यमशीलताले सहयोग पुग्ने बताइन् । साथै हिंसा प्रभावित महिलाको समस्या समाधान गर्नका लागि नगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
चारदिनको तालिमपछि उद्योग सञ्चालनमा संलग्न रहेका हिंसा प्रभावित महिला निकै उत्साहित भएका छन् । यसबाट जीवन निर्वाह गर्न सहज बन्ने विश्वास आफूहरुलाई लागेको उनीहरुले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण