आधुनिकतामा समाहित हुँदै काठमाडौँको काँठ क्षेत्र (फोटो फिचर)
काठमाडौँ । सहर बजारदेखि बाहिरको गाउँ–बस्ती अर्थात् कछाड क्षेत्रलाई काँठ क्षेत्रको रूपमा चिन्ने गरिन्छ । काँठको रहनसहन केही सहरिया जीवनशैलीजस्तो देखिन्छ त केही ग्रामीण जीवनशैलीजस्तो । सामान्य बोलीचालीको भाषामा काँठ भनेको सहर पनि होइन र गाउँ पनि ।
काठमाडौँ उपत्यकाको कुरो गर्दा यहाँको चक्रपथभन्दा बाहिरको ग्रामीण क्षेत्रलाई काँठ भनिन्छ । यसो हेर्दा सहरिया जनजीवनजस्तो तर ग्रामीण जनजीवनजस्तो पनि देखिने काँठको जनजीवन सदियौँदेखि आफ्नै प्रकारले चल्दै आएको छ । हिजोको परिवेशमा काँठको छुट्टै पहिचान र परिचय थियो ।
काँठको जनजीवनमा आत्मीयता, आफ्नोपन र आदर्श समाज थियो । काठमाडौँ उपत्यकाको चक्रपथ भित्रको स्थानलाई काँठका मानिसहरू सहर भन्ने गर्दथे । आफ्नो घरगाउँबाट काठमाडौँको चक्रपथभित्र जानुपरेमा काँठका मानिसहरू सहर जाने भन्ने सम्बोधन गर्दथे । काँठका मानिसहरू उच्चशिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सवालमा सहरप्रति निर्भर थिए । काँठका आफ्नै मूल्य, मान्यता र परम्पराका कारण जीवनशैली जीवन्त थियो । तर अहिले बिस्तारै काँठ क्षेत्र काँठको रूपमा रहन सकिरहेको छैन ।

यो कायापलट भएको केही समय मात्र भयो । काँठ अब काँठजस्तो रहेन । समयको आरोह अवरोहबाट काँठ अछुतो रहन सकेन । समयका कारण काँठलाई पनि सकारात्मक परिवर्तन र नकारात्मक परिवर्तनमा समाहित हुन बाध्य बनायो । करिब एक दशकको अवधिमा काँठमा ठुलो परिवर्तन आएको छ । काँठको हरियाली लगभग सकिएको छ ।

काँठको जग्गा खरिद–बिक्री यसरी बढेको छ कि, जग्गा होइन त्यहाँ कुनै अमूल्य चिजको खरिद–बिक्री भइरहेको छ । आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यको दोहन भएको यत्रतत्र देख्न सकिन्छ । वातावरणीय दृष्टिकोणबाट समेत काँठ प्रदूषित बनेको छ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण