ह्वाट्स एपमा आफूलाई कसले ब्लक गरेको छ ? कसरी थाहा पाउने ?
काठमाडौं । पछिल्लो समय ह्वाट्स एप चलाउनेको सङ्ख्या बढेको छ । हरेकको फोनमा ह्वाट्स एप पाइन्छ । टाइमपासका लागि मात्रै नभएर अत्यावश्यक कामका लागि यसलाई चलाउनेहरू पनि बढेका छन् । प्रयोगकर्ताको सहजताका लागि कम्पनीले अनेकौँ फिचर ल्याइरहेको छ ।
ह्वाट्एपमा कसैले तपाईंलाई दिक्क बनाइरहेको छ, दुःख दिइरहेको छ भने त्यस्ताबाट बच्ने उपाय पनि छ । अर्थात् उनीहरूलाई ब्लक पनि गर्न सकिन्छ । अब आफूलाई कसैले ब्लक गरेको छ कि छैन त्यो पनि हेर्न सकिन्छ ।
केही सेकेन्डमै यो पत्ता लगाउन सकिन्छ । कसैले तपाईंलाई ब्लक गरेको छ भने तपाईंको च्याटमा त्यो व्यक्तिको अनलाइन स्ट्याटस देखाउँदैन । तपाईंले ऊ कहिले अनलाइन थियो वा लास्ट सिन कति बेला भयो भनेर थाहा पाउन पनि सक्नुहुन्न । कहिलेकाहीँ भने प्रयोगकर्ता नै आफ्नो प्राइभेसी सेटिङमा हेरफेर गरेकोले पनि लास्ट सिन र अनलाइन स्ट्याटस हाइड हुन सक्छ ।
मलाई यो मान्छेले ब्लक गरिदियो कि जस्तो शंका लाग्छ भने ह्वाट्सएपमा उसलाई फोन गरेर हेर्नुस् । तपाईंको फोन लागेन भने बुझ्नुस् उसले तपाईंलाई ब्लक गरेको छ । तेस्रो सङ्केत चाहिँ त्यो युजरको प्रोफाइलमा फोटो देखिँदैन । उसले प्रोफाइलमा नयाँ फोटो राखेको छ भने तपाईंले देख्न सक्नु हुन्न ।
अर्को सङ्केत चाहिँ तपाईंले कसैलाई ह्वाट्स एपमा म्यासेज पठाउनु भयो तर म्यासेज एउटा टिकको साथमा मात्रै गयो भने पनि तपाई ब्लकमा पर्नु भएको हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण