सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अपाङ्ग दुई जना यात्रुलाई हवाई भाडामा ५०% छुट दिने निर्णय

आइतबार, १७ मङ्सिर २०८०, १६ : १७
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौँ । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरूको लागि विशेष व्यवस्था गरेको छ । निगमको हरेक आन्तरिक  उडानमा फर्स्ट कम फर्स्ट सर्भिस बेसिसको आधारमा दुई जना अपाङ्ग यात्रुलाई हवाई भाडामा ५०% छुट दिने निर्णय गरिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए । 

उक्त सुविधाको लागि सम्बन्धित यात्रुले आफ्नो सक्कल परिचय पत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने उनको भनाइ छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप