एक वर्ष बित्दासमेत माओवादी केन्द्रको उपनेता किन भएन चयन ?
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन भएको एक वर्ष बितिसक्दा समेत माओवादी केन्द्रले संसदीय दलको उपनेता चयन गरेको छैन । गत वर्ष निर्वाचन पश्चात् पुस ७ गते संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका थिए ।
यस्तै, प्रमुख सचेतकमा सचिव हितराज पाण्डे सर्वसम्मत निर्वाचित भएका थिए । उपनेतामा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले चासो देखाएका थिए । तर नेसपाका अध्यक्ष बाबुराम भट्टराईले महिन्द्रराय यादवलाई उपनेता बनाउन दबाब दिएका थिए । उपनेतामा विवाद उत्पन्न हुने देखिएपछि अध्यक्ष प्रचण्डले त्यतिबेला उपनेता चयन प्रक्रिया स्थगित गरेका थिए ।
यद्यपि महिन्द्रलाई उपनेता बनाउने विषयमा पहिल्यै सहमति भएको नेसपाका महासचिव रमेश यादवले दाबी गरेका छन् । ‘हाम्रो पार्टी अलग भए पनि संसदीय दल माओवादी केन्द्र नै हो । त्यतिबेला प्रचण्डजी नेतामा सर्वसम्मत भएपछि उपनेता महिन्द्रलाई बनाउने पहिल्यै सहमति भएको थियो । बिचमा विवाद भएपछि उपनेता चयन प्रक्रिया रोकिएको हो’, यादवले रातोपाटीसँग भने ।
यसैगरी माओवादीका उपसभापति मातृका यादवले महिन्द्रलाई उपनेता बनाउने सहमति भएको स्वीकार गर्दै नियुक्तिमा ढिलाइ भएकोबारे आफूलाई केही थाहा नभएको बताए । ‘त्यतिबेला महिन्द्रजीलाई उपनेता बनाउने सहमति भएको थियो । तर अहिलेसम्म किन भएन, त्यसबारे मलाई थाहा भएन । उपनेता नभए पनि काम चलिरहेकै छ’, यादवले भने ।
अहिले फेरि दुई पार्टीबिच एकता प्रक्रिया चलिरहेकाले यसको टुङ्गो लागेपछि मात्र प्रक्रिया अगाडि बढ्ने उनले बताए । माओवादी केन्द्रका सांसद माधव सापकोटाले उपनेता महिन्द्रलाई बनाउने त्यतिबेला सहमति भए पनि दुई पार्टीबिच देखिएको अविश्वासले ढिलाइ भएको बताए । पार्टी एकता प्रक्रिया टुङ्गो नलागेसम्म अब उपनेता चयन नहुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण