सिंघम अगेनको सुटिङमा अजय देवगन घाइते
मुम्बई । अजय देवगन आफ्नो आगामी फिल्म सिंघम अगेनका कारण लगातार चर्चामा छन् । हालै फिल्मका केही पोस्टर सार्वजनिक गरिएको थियो । यी पोस्टरहरूलाई हेरेर फिल्मप्रति दर्शकहरूको उत्साह बढेको छ ।
अजय अचेल यही फिल्मको सुटिङमा व्यस्त छन् । फिल्मको एक्सन सिक्वेन्स सुटिङको बेलामा अजय घाइते भएको खबर आएको छ । निर्देशक रोहित शेट्टी र उनको टिमले हालै विले पार्लेमा फिल्मको सुटिङ गरेका थिए । त्यहाँ एक्सन सिनको सुट भइरहेको थियो । त्यही बेलामा अजयको आँखामा चोट लाग्यो । लडाइँको दृश्य सुटिङ भइरहेको बेलामा झुक्किएर अजयको अनुहारमा लाग्दा आँखामा चोट लागेको बताइएको छ ।
सुटिङबाट केही घण्टा ब्रेक लिएर अजयले चोटको उपचार गराए । यो बिचमा खलनायकको दृश्य सुट भयो । आँखाको चोटको उपचार गरेर अजयले केही घण्टापछि सुटिङ पुनः सुचारु गरे । अजय सकेसम्म आफ्नो काममा कुनै असर पर्न दिँदैनन् । सिंघम अगेनमा स्टार कास्टको भिड छ ।
फिल्ममा अजयबाहेक करिना कपुर र दीपिका पादुकोण पनि छिन् । यसबाहेक रणवीर सिंह र अक्षय कुमार पनि महत्त्वपूर्ण भूमिकामा छन् । फिल्ममा टाइगर श्रौफ पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण