सिंघम अगेनको सुटिङमा अजय देवगन घाइते

मुम्बई । अजय देवगन आफ्नो आगामी फिल्म सिंघम अगेनका कारण लगातार चर्चामा छन् । हालै फिल्मका केही पोस्टर सार्वजनिक गरिएको थियो । यी पोस्टरहरूलाई हेरेर फिल्मप्रति दर्शकहरूको उत्साह बढेको छ ।
अजय अचेल यही फिल्मको सुटिङमा व्यस्त छन् । फिल्मको एक्सन सिक्वेन्स सुटिङको बेलामा अजय घाइते भएको खबर आएको छ । निर्देशक रोहित शेट्टी र उनको टिमले हालै विले पार्लेमा फिल्मको सुटिङ गरेका थिए । त्यहाँ एक्सन सिनको सुट भइरहेको थियो । त्यही बेलामा अजयको आँखामा चोट लाग्यो । लडाइँको दृश्य सुटिङ भइरहेको बेलामा झुक्किएर अजयको अनुहारमा लाग्दा आँखामा चोट लागेको बताइएको छ ।
सुटिङबाट केही घण्टा ब्रेक लिएर अजयले चोटको उपचार गराए । यो बिचमा खलनायकको दृश्य सुट भयो । आँखाको चोटको उपचार गरेर अजयले केही घण्टापछि सुटिङ पुनः सुचारु गरे । अजय सकेसम्म आफ्नो काममा कुनै असर पर्न दिँदैनन् । सिंघम अगेनमा स्टार कास्टको भिड छ ।
फिल्ममा अजयबाहेक करिना कपुर र दीपिका पादुकोण पनि छिन् । यसबाहेक रणवीर सिंह र अक्षय कुमार पनि महत्त्वपूर्ण भूमिकामा छन् । फिल्ममा टाइगर श्रौफ पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार गौतमलाई कलाकर्मीले दिए अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)
-
आईसीसी विश्वकपमा पाकिस्तानको सबै खेल श्रीलङ्कामा
-
सांसदको प्रश्न– यातायात व्यवसायीसँग तत्कालीन सहमति भएको हो कि दीर्घकालीन ?
-
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
-
यातायातमा फेरि सिन्डिकेट कायम गरियो : प्रकाश ज्वाला
-
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु