सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

२४ औँ चीन-ईयु शिखर सम्मेलन बेइजिङमा हुँदै

सोमबार, १८ मङ्सिर २०८०, १५ : ०३
सोमबार, १८ मङ्सिर २०८०

बेइजिङ । चीन र युरोपेली सङ्घबीच भएको सहमतिअनुसार २४ औँ चीन-इयु शिखर सम्मेलन डिसेम्बर ७ देखि बेइजिङमा आयोजना हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोमबार जानकारी दिएकी छन् । 

सो अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

चिनियाँ प्रधानमन्त्री ली छ्याङ, राष्ट्रपति चाल्र्स मिशेल र राष्ट्रपति उर्सुला भोन डर लेनले संयुक्त रूपमा शिखर सम्मेलनको अध्यक्षता गर्ने हुवाले बताइन् ।-(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप