जाजरकोट भूकम्प : चार हजार लाभग्राही थपिए
काठमाडौँ । जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या थपिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झन्डै चार हजारभन्दा बढी लाभग्राही थपिएका छन् ।
यसअघि २८ हजार पाँच सय २७ लाभग्राहीको सङ्ख्या रहेकामा अहिले बढेर ३२ हजार पाँच सय एक जना पुगेको प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए ।
प्राप्त विवरणअनुसार बझाङमा दुई हजार चार, बाजुरामा दुई हजार पाँच सय ५५ जाजरकोटमा १३ हजार सात सय १८ र रुकुम पश्चिममा १४ हजार दुई सय २४ जना लाभग्राही कायम भएका छन् ।
उनले अहिलेसम्म १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको छ । लाभग्राही प्रमाणित भएकामध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिला किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिए ।
भूकम्पपीडितको राहत व्यवस्थापनको मुख्य जिम्मेवार पालिकाको रहेकाले छिटोभन्दा छिटो रकम वितरण गरेर अस्थायी घर बनाउनुपर्नेमा प्राधिकरणले जोड दिएको छ ।
प्रवक्ता खड्काले लाभग्राही कायम गरेर मन्त्रालयमा आइपुगेकाहरुको हकमा भने विलम्ब नगरी रकम निकासा गरिरहेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण