बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआईएमबी बैंकको सहायक म्यानेजरलाई प्रसाईं समर्थकद्वारा दुर्व्यवहार, देवी सङ्ग्रौला पक्राउ

मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : ५८
मङ्गलबार, १९ मङ्सिर २०८०

झापा । झापास्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) का सहायक मेनेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकले दुर्व्यवहार गरेको आरोप छ । प्रसाईं समर्थक देवी सङ्ग्रौलासहितको समूहले उनलाई दुर्व्यवहार गरेका हुन् ।

ऋणको विषयमा छलफल गर्न भन्दै सङ्ग्रौला सहितको समूहले पनेरुलाई घरबाट चिया पसलमा जबरजस्ती लगेका थिए । त्यहाँबाट दुर्गा प्रसाईंको बीएण्डसी अस्पतालमा लैजान खोज्दा पनेरुले अस्वीकार गरेपछि दुर्व्यवहार गरेको आरोप छ ।

घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा दुवै पक्षबिच छलफल भइरहेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बर्ता । प्रहरीले दुर्व्यवहार संलग्न देवी सङ्ग्रौलालाई पक्राउ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप