केपी ओलीका कारण कम्युनिस्ट आन्दोलन धुजाधुजा छ : नेता खतिवडा
मङ्गलबार, १९ मङ्सिर २०८०, १५ : २३
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नेपालको कम्युनिस्ट आन्दोलन धुजाधुजा भएको आरोप लगाएका छन् ।
मंगलबार पार्टी कार्यालयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै नेता खतिवडाले आफ्ना गल्ती ढाकछोप गर्न अध्यक्ष ओलीले आफ्नो पार्टीलाई गाली गर्ने गरेको समेत बताए ।
‘यहाँको राजनीतिको खलनायकको भूमिका केपी ओली र उहाँको नेतृत्वले खेलिरहेको छ भन्ने कुरा मुलुकलाई जगजाहेर छ’, खतिवडाले भने, ‘उहाँकै कारणले नेपालको कम्युनिस्ट आन्दोलन धुजाधुजा हुन पुगेको कुरा पनि आम नेपाली जनताले बुझेका छन् ।’
उनले आफ्ना गल्ती ढाकछोप गर्न एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई जति धेरै गाली र श्राप दिए पनि त्यो गालिले एकीकृत समाजवादी नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण