सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रुसले क्रिमिया, अजोभ सागरमा ३५ ड्रोनलाई निष्प्रभावी बनायो

मङ्गलबार, १९ मङ्सिर २०८०, १६ : ०१
मङ्गलबार, १९ मङ्सिर २०८०

मस्को । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । 

"हवाई ड्रोनहरूद्वारा आतङ्कवादी हमला गर्ने कीभ शासनको प्रयास हिजो राति  विफल पारियो," रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

मन्त्रालयले २२ युक्रेनी ड्रोनहरू ध्वस्त पारिएको र अन्य १३ वटा ड्रोनलाइ समुद्रमा रोकिएको बताएको छ ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप