उपप्रधानमन्त्री श्रेष्ठ गङ्गालाल हस्पिटलमा भर्ना, स्वास्थ्य अवस्था स्थिर
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका छन् । गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा अवरोध देखिएपछि उनी थप उपचारको लागि मङ्गलवार साँझ अस्पताल पुगेका थिए ।
आंशिक अवरोध रहेको भागमा डा अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिवेला उनको सघन उपचार कक्षमा उपचार भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । श्रेष्ठज्यू चीनको भ्रमणमा रहेको बेला गत असोज ३० देखि कार्तिक १ सम्ममा मुटुमा एक्युट मायोकार्डियल इन्फेक्सन भएपछि आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको थियो । उनको उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टि धमनीमा समेत केही अवरोध देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी
-
फ्रान्स र मोरोक्कोबिचको खेल सुरु, एम्बाप्पेले गोल गर्न सक्लान् ?
-
भारत १२ वर्षपछि इङ्ल्यान्डसँग टी-२० सिरिजमा पराजित, चौथो खेलमा ९ विकेटको लज्जास्पद हार
-
राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण (सूचीसहित)
-
साउनदेखि तीन महिना डेंगु सचेतना अभियान सञ्चालन गरिने
-
आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण