कांग्रेस नवलपरासीका जिल्ला सचिव कुलदीप आचार्य बैङ्किङ कसुर मुद्दामा फरार
बुटवल । पश्चिम नवलपरासी कांग्रेसका जिल्ला सचिव कुलदीप आचार्य बैङ्किङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका छन् । पश्चिम नवलपरासी बर्दघाट–९, पन्च नगर निवासी आचार्यले बर्दघाट–४ स्थित सिद्ध बाबा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट लिएको करिब ७५ लाख रुपैयाँ वर्षोदेखि नतिरेको आरोपमा सहकारीले ठगी एवं बैङ्किङ·कसुर सम्बन्धी मुद्दा दर्ता गरेका थिए । जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी पश्चात् फरार भएको नवलपरासी प्रहरी प्रमुख काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
उनले आचार्यविरुद्ध सहकारी बाहेक अर्को एक व्यक्तिले उजुरी दिएको पनि खुलाए । फरार रहेको कुलदीपलाई खोजी गर्नको लागि प्रहरी परिचालन गरेको रातोपाटीलाई बताए ।
उता सहकारीका सञ्चालकहरूले नेपाली कांग्रेसको नेता भएको कारणले प्रहरीले सार्वजनिक कार्यक्रमका हिँड्दा समेत आचार्यलाई प्रहरीले गर्न नखोजेको गुनासो गरेका छन् । जिल्ला अदालत नवलपरासीको निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय नवलपरासीले गत असोज २१ गते नै आचार्य विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
आचार्य ६ महिना अघि पनि पक्राउ परी जिल्ला अदालत झापाबाट लेनदेन मुद्दामा धरौटीमा रिहा भएका थिए । उनलाई त्यो बेला झापा प्रहरीले नवलपुरको सहयोगमा नियन्त्रणमा लिएको थियो । फरार भनिएका आचार्यले नवलपरासी जग्गा र इट्टाको कारोबार गर्ने गरेको स्थानीय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण