प्रकाश सपुत विवाद : भिडियो निर्माता शुभारम्भ डिजिटलले माग्यो माफी
काठमाडौँ । अभिनेता तथा गायन प्रकाश सपुतको यतिबेला सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । चार महिना अगाडि ‘कमाउनी नी हो, रमाउनी नी हो‘ गीतको म्युजिक भिडियो छायांकनका क्रममा इनारमाथि नाचेको भिडियो दृश्यले उनको आलोचना भएको हो ।
इनारमाथि उनी नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । उक्त इनार जीवित देवी कुमारीले वसन्तपुरमा प्रयोग गर्ने इनार भएको भन्दै उनको आलोचना भएको हो ।
कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा ‘सुटिङ गरेर’ नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको समेत आरोप उनीमाथि लागेको छ । यस विषयमा उनले माफी मागे पनि अझै आलोचना र गाली रोकिएको छैन ।
यस्तैमा म्युजिक भिडियोको निर्माता कम्पनी शुभारम्भ डिजिटल म्युजिक प्रालिले पनि यस विषयमा माफी मागेको छ । शुभारम्भले बुधबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको दृश्य आधिकारिक भिडियोमा प्रयोग नभएको समेत बताएको छ ।
‘हाम्रो उद्देश्य कसैको आस्था, प्रथा, परम्परा र संस्कृतिप्रति अहित हुने कार्य गर्नु होइन । अन्जानमा भएको कार्यबाट कसैमा आँच पर्न गएको भए हामी क्षमाप्रार्थी छौं’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सामाजिक सञ्जालमा देखाइएको जस्तो दृश्य हाम्रो च्यानलमा रहेको आधिकारिक भिडियोमा प्रयोग नभएको जानकारी गराउँदछौँ ।’ शुभारम्भले अनुमित लिएर भिडियो छायांकन गरेको समेत दाबी गरेको छ ।
शुभारम्भले भिडियोका नायक प्रकाश सपुतलाई पनि गाली नगर्न अनुरोध समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण