कोशी प्रदेश : इस्राइल मन्सुरीले आफैँलाई घोषणा गरे सभामुख
विराटनगर । कोशी प्रदेशसभाका सभामुख पद गत साउन १६ गतेदेखि खाली छ । तर, कांग्रेस सांसद इस्राइल मन्सुरीले लेटरप्याडमा आफूलाई सभामुखका रुपमा चिनाएका छन् ।
उनले प्रदेश सरकारले भर्खरै पारित गरेको बजेटमा आफ्नो क्षेत्रमा पारेका योजनाहरुको विस्तृत विवरणहरु पत्रमार्फत सार्वजनिक गरेका छन् । उक्त पत्र लेखिएको लेटरप्याडमा ‘माननीय इस्राइल मन्सुरी, सभामुख कोशी प्रदेशसभा, नेपाल’ उल्लेख छ ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा १ वर्षमा झण्डै ३९ करोड बराबरको ४४ योजना पार्न सफल भएको जनाएका छन् । उनी प्रदेशसभाका अध्यक्ष मण्डलका सदस्य हुन् । उपसभामुख सिर्जना दनुवार क्यानडा भ्रमणमा गएको बेला उनलाई प्रदेशसभा चलाउन अनुमति दिएकी थिइन् ।
अध्यक्ष मण्डलमा मन्सुरीसँगै, एमालेका रोहितबहादुर कार्की, माओवादीका गीता तिम्सिना र राप्रपाका अम्बरबहादुर विष्ट थिए । तर, इस्राइल सभामुख भएका भने होइनन् । सभाध्यक्षको भूमिका निर्वाह गरेकै आधारमा उनले लेटरप्याटमा सभामुख लेख्न पाउँदैनन् । उपसभामुख सिर्जना दनुवारले आफ्नो लेटरप्याडमा उपसभामुख नै लेख्दै आएकी छन् ।
_l7VIzNhZK0.jpg)
२०७९ पुस २८ गते सभामुखमा निर्विरोध निर्वाचित भएका बाबुराम गौतमले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका लागि बहुमत पुर्याउन राजीनामा दिएका थिए । गौतमले राजीनामा दिएको ४ महिनापछि प्रदेशसभामा सभामुख चयनको विषयमा औपचारिक छलफल मात्रै सुरु हुँदैछ ।
प्रदेश सभाको बैठकमा भने सांसदहरुले सभामुख चयनको प्रक्रिया अगाडि बढाउन माग गर्दै आएका छन् ।
संविधानको धारा १८२ मा प्रदेशसभाको सभामुख र उप–सभामुखको चयन प्रक्रिया उल्लेख छ । उक्त धाराको उपधारा (३) मा सभामुख वा उप–सभामुखको पद रिक्त भएमा प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभामा सभामुख पद रिक्त रहँदा एमालेबाट उप–सभामुख निर्वाचित सिर्जना दनुवारले सभामुखको भूमिका निर्वाह गरिरहेकी छन् ।
_U3g1YwFNGV.jpg)
_Us0e0VaKZA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण