शरणार्थी प्रकरण : सन्दीप रायमाझीसहित ६ जना रिहा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् ।
६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले रातोपाटीलाई बताए । धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् ।
सन्दीप रायमाझी पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । शरणार्थी प्रकरणमा टोपबहादुर थुनामै छन् ।
उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो । धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालचाहिँ थुनामै छन् ।
रिजालले धरौटी बुझाएका छैनन् । उनलाई अदालतले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश गरेको थियो । कारागारमा सँगै बस्नेहरूसँग धरौटी रकमबारे रिजालले भनेका छन्– ‘त्यति धेरै पैसा तिर्न सक्ने अवस्था छैन ।’
धरौटी रकम बुझाएका ५ जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अभियुक्तहरूसँग धरौटी लिएर छाड्ने निर्णय गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरूले रायमाझीसहित ५ जनालाई साधारण तारेखमा रिहा गर्ने निर्णय गरेका हुन् ।
मुख्य नाइकेहरू नख्खुमा सरुवा
नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य नाइके मध्येका ३ जनालाई नख्खु कारागारमा सरुवा गरिएको छ । सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई कारागार कार्यालय नख्खुमा सरुवा गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए ।
भण्डारी र दुलाललाई केही समयअघि नै सरुवा गरिएको थियो । उच्च अदालतले पुर्पक्षमा नै राख्न आदेश गरेपछि शर्मालाई पनि नख्खु चलान गरिएको हो ।
असार १ मा जिल्ला अदालत काठमाडौँले १६ जनालाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको थियो । जिल्ला अदालतले धरौटी लिन आदेश गरेका टंक गुरुङ, लक्ष्मी महर्जन, आशिष बुढाथोकी र केशव तुलाधरलाई उच्चले साधारण तारेखमा छाड्न भनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण