१११ वर्षको इतिहासमा पहिलो पटक रेलिगेसनमा पर्यो पेलेको पूर्व क्लब सान्तोष
काठमाडौँ । विश्व फुटबलका सर्वकालीन महान् खेलाडी पेलेले व्यवसायीक फुटबल खेलेको क्लब हो, सान्तोष । त्यसैले पनि विश्व फुटबलमा यो क्लब निकै चर्चित छ । व्यवसायीक लिगमा यो क्लबले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
तर, यसपटक ब्राजिलियन लिगमा सान्तोष ‘रेलिगेसन’ मा परेको छ । एक सय ११ वर्षको इतिहासमा सान्तोष पहिलो पटक रेलिगेसनमा परेर तल्लो डिभिजनमा झरेको हो । ब्राजिलियन सिरिए फुटबलको आफ्नो पछिल्लो खेलमा सान्तोष घरेलु मैदानमै पराजित भयो ।
फोर्टालेन्जाले सान्तोषलाई २—१ गोलले हराएको हो । सोही हारसँगै सान्तोष रेलिगेसनमा पर्ने पक्का भएको हो । खासगरी सन् १९५० र सन् १९६० को दशकलाई सान्तोषका लागि ‘स्वर्णिम समय थियो । त्यो अवधिमा सान्तोषले थुप्रै महत्त्वपूर्ण उपाधि चुमेको थियो ।
सान्तोषले हालसम्म १२ पटक राज्यस्तरीय प्रतियोगिताको उपाधि जितिसकेको छ । यसका अतिरिक्त सान्तोषले ६ पटक घरेलु लिगको उपाधि र दुई पटक कोपा लिबेर्टाडोरेसको उपाधि पनि चुकेको छ । पेलेले आफ्नो व्यवसायीका खेलजीवनको अधिकांश समय सान्तोषमै बिताएका थिए ।
पेलेले सन् १९५६ देखि सन् १९७४ सम्म सान्तोषबाट खेलेका थिए । ब्राजिललाई तीनपटक विश्वकप फुटबलको उपाधि चुमाएका पेलेको गत वर्ष निधन भएको थियो । त्यतिबेला उनी ८२ वर्षका थिए । अर्का चर्चित ब्राजिलियन खेलाडी नेमार जुनियरले लामो समय सान्तोषबाट खेलेका थिए ।
नेमारको क्षमतामा निखार ल्याउन यो क्लबको ठुलो भूमिका रहेको छ । ३१ वर्षीय स्ट्राइकर नेमार ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । यो सिजन ब्राजिलियन सिरिएको उपाधि भने पाल्मेरसले जितेको छ ।
ब्राजिलियन सिरिएमा यसअघि तीनवटा क्लब कहिले पनि रेलिगेसनमा परेका थिएनन् । तर, सान्तोष रेलिगेसनमा परेपछि अब यो सूचिमा दुई क्लबमात्र बाँकी छन् । हालसम्म रेलिगेसनमा नपर्ने क्लब साओ पाउलो र फ्लामेङ्गो हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण