शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन्स बैंक र इनलाइटन मोटर्सबीच बीवाईडी  गाडी खरिदकर्तालाई अटो लोन दिन सम्झौता

शुक्रबार, २२ मङ्सिर २०८०, १३ : ३४
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित इनलाइटन मोटर्सबीच बीवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकहरूलाई सहुलियत दरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
बैंक र कम्पनी बीचको यो सम्झौतामा बीवाईडी ब्रान्डका इलेक्ट्रोनिक सवारीका सम्भावित खरिदकर्ताहरूलाई विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको छ । यस सम्झौता अनुरुप ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८०५ सम्म र अधिकतम ८ वर्ष सम्मका लागि सवारी कर्जा (अटोलोन) उपभोग गर्न पाउनेछन् । कर्जाको भुक्तानी समान मासिक किस्तामा हुनेछ । यो योजनामा शर्तहरु लागु हुनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप