मुख्यमन्त्री केदार कार्कीद्वारा हात्ती प्रभावित क्षेत्रको निरीक्षण
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेस्थित जङ्गली हात्तीको आक्रमणबाट भएको घर र बालीको आज निरीक्षण गरेका छन् ।
गएराति स्थानीय विन निरौला र तीर्थ दाहालको घरमा हात्तीले क्षति पुर्याएको थियो । झापा, मोरङ र सुनसरी विभित्र स्थानमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १५ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा दुई, सुनसरी र मोरङमा एकरएकजना गरी चारजना सर्वसाधरणको मृत्यु भइसकेको छ ।
बेलबारी १० भाउत्रेस्थित १० बिगाहाभन्दा बढी क्षेत्रमा लगाइएको मकै, केरालगायत बालीलाई हात्तीले क्षति पुर्याएपछि मुख्यमन्त्री कार्कीले सो क्षेत्रको निरीक्षण एवं अनुगमन गरेका हुन् ।
हात्तीको आक्रमणबाट किसानलाई ठूलो क्षति भएको बेलबारी–१० का वडाअध्यक्ष गङ्गाबहादुर याखाले बताए । निरीक्षणका क्रममा मुख्यमन्त्री कार्कीले हात्तीलाई दिउँसोभन्दा रातको समयमा मानव बस्ती पस्न नदिन र नियन्त्रणमा राख्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले २७ वटा हात्तीको हूलले मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्याएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण