वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुवा
शुक्रबार, २२ मङ्सिर २०८०, १७ : ०७
काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुवा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दाहाललाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरूवा गरेको हो ।
मन्त्रीस्तरीय निर्णयबाट दाहाललाई उक्त विभागको जिम्मेवारी दिएको हो । ७ महिनाअघि वैदेशिक रोजगार विभागको नेतृत्व सम्हालेका दहालले वैदेशिक रोजगार क्षेत्रमा सुधारका काम गरेका थिए ।
उनले मेनपावर कम्पनीहरूको लाइसेन्स खारेज गर्नेेदेखि लिएर निलम्बन गर्ने सम्मको काम गरेका थिए । जसले गर्दा उनको राजीनामा माग्दै शक्तिकेन्द्र धाउनेको लर्को लागेको थियो ।
श्रमिक तथा पीडितको पक्षमा काम गर्दै गर्दा उनीमाथि थुप्रै खालका चुनौती आएका थिए । वैदेशिक रोजगार विभागमा कसलाई खटाउने भन्ने निर्णय भने भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण