मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अर्थतन्त्र लयमा ल्याउन मौद्रिक नीतिको समीक्षाबाट सहयोग पुग्ने अपेक्षा छ : अध्यक्ष ढकाल

शनिबार, २३ मङ्सिर २०८०, १२ : ४७
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीतिको समिक्षाबाट अर्थतन्त्र लयमा आउने अपेक्षा रहेको बताएका छन् । अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले लगानीकर्ताको मनोबल बढाउने बताएका हुन् ।
 
सुदूरपश्चिम महोत्सवको उद्घाटन ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका धेरै विषयहरु मौद्रिक नीतिको समीक्षामा समेटिएको बताए । यसबाट लगानीकर्ता र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने संकेत गरे ।
 
‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंक दर, नीतिगत दर, कर्जाको पुनरसंरचना र घर तथा शेयर कर्जामा लचकता अपनाएको देखिन्छ,’ ढकालले थपे, ‘यी विषयहरु हामीले विगत लामो समयदेखि निरन्तर उठाउँदै आएका थियौँ ।’
 
अहिले राष्ट्र बैंकले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्तापित हुन नपर्ने अध्यक्ष ढकालले बताए । ‘निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले विगत लामो समयदेखि पटकपटक नेपाल राष्ट्र बैंकलाई अर्थतन्त्रलाई लयमा ल्याउन मौद्रिक नीतिमा विशेष व्यवस्था गर्न आग्रह गरेका थियौ,’ उनले थपे, ‘अहिले आएर हाम्रा मागको सम्बोधन भएको छ ।’
 
अहिले राष्ट्र बैंकले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्तापित हुन पर्दैनथ्यो । राज्यका निकायबिच समन्वयको अभावमा लगानीको वातावरण बन्न नसकेको समेत ढकालले बताए । अर्थतन्त्र लयमा ल्याउन सकिएन भनेर निजी क्षेत्रले आवाज उठाएको र त्यसलाई प्रधानमन्त्री आफैले सकारात्मकरुपमा लिई समन्वयकारी भूमिका निर्वाह गरेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप