पुम्दीकोटमा बनाइयो कृत्रिम सुमेरु पर्वत, २ करोड लागत
पोखरा । पोखराको पुम्दीकोट स्थित विशाल महादेव मूर्तिको आडमा सुमेरु पर्वत निर्माण गरिएको छ । पुम्दीकोट विकास समितिले २ करोड भन्दा बढीको लागतमा उक्त पर्वत निर्माण गरेको हो । उक्त पर्वतको काम सक्न ५ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
पुम्दीकोट पुग्ने पर्यटकको बसाइँ लम्ब्याउनका लागि नयाँ संरचना निर्माण गरिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । दक्षिणतर्फ फर्किएको विशाल महादेवको मूर्तिसँग आमनेसामने हुने गरेर सुमेरु पर्वत निर्माण गरिएको उनको भनाई छ । पर्वतमा पार्वती र कुमारको मूर्ति पनि निर्माण भएको छ ।
‘लाइटिङमा मात्रै २ करोड ५४ लाख खर्च हुन्छ । हलको इको साउन्ड व्यवस्थापनमा ४२ लाख रुपैयाँ लाग्ने रहेछ,’ उनले भने । महादेवको मूर्ति रहेको स्थानबाट सुमेरु पर्वतसम्म विद्युतीय चियर कार सञ्चालन गर्ने योजना पनि समितिले निकालेको छ । त्यहाँ यसअघि नै ५१ फिट अग्लो विशाल महादेवको मूर्ति निर्माण भैसकेको छ । आजभोलि मूर्ति हेर्न पुग्ने पर्यटकहरू दिनहुँ बढ्दो छन् ।
२०७३ सालमा पहिलो पटक मूर्ति निर्माणका लागि महायज्ञ लगाइएको थियो । रकम अपुग भए पनि गत वर्ष पनि महायज्ञ लगाइयो । दुईवटै महायज्ञबाट ९ करोड ३० लाख भन्दा बढी नगद र ३० रोपनी जग्गा सङ्कलन गरिएको समितिले जनाएको छ । सुरुमा २० करोड लागतको गुरुयोजना बनाइएको थियो । अहिले लागत बढेर ४० करोड पुगेको छ ।
२७ करोड भन्दा बढी हालसम्म लगानी भैसकेको बरालले जानकारी दिए । त्यस ठाउँमा ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो डमरु, १०८ सिंढी स्वर्गाद्वारी, २१६ शिवलिंग, १०८ धारा जडित तेस्रो आँखा, गङ्गा पोखरी, अन्तर्राष्ट्रिय ध्यान केन्द्र, शिव ताण्डव नृत्य, मोनोरेलद्वारा महादेव मूर्तिमा गणेशको परिक्रमा, प्रशासनिक भवन निर्माण भैसकेको छ । चियर कार, ग्रिनरी पार्क, पार्किङस्थलको काम बाँकी रहेको र निर्माण भइरहेको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण