विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले शनिवार राति पुनः साढे ६ किलो सुन बरामद गरेको छ । दुबईबाट अवैधरुपमा ल्याइएको सुन गएराति विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय श्रोतका अनुसार दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका एक इजिप्सयन नागरिकले पाउडर बनाएर ल्याएको साढे ६ किलो सुन बरामद गरेको हो । दुबईबाट फ्लाई दुबईको उडानमार्फत् काठमाडौं आएका इजिप्सियन नागरिक मोहमद मोगामद सालेहले भित्री ज्याकेटमा खल्ती बनाएर सुन तस्करी गरी ल्याएको पाइएको हो ।
विमानस्थल भन्सार कार्यालयलाई आएको गोप्य सूचनाको आधारमा चन्द्र घलेकै शैलीमा प्रहरी र भन्सारको संयुक्त टोलीले सालेहलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि शरीर खानतलासी गर्दा सालेहले भित्री ज्याकेट बनाएर त्यसको खल्तीमा हाली पाउडरको रुपमा ल्याएको ६ किलो ५९० ग्राम सुन बरामद गरेको हो ।
यस विषयमा थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण