सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फोटोनको नयाँ भ्यान नेपालमा सार्वजनिक हुँदै

आइतबार, २४ मङ्सिर २०८०, १२ : ०१
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले नेपालमा विश्वको सबैभन्दा धेरै ब्याट्री उत्पादन गर्ने ब्रान्ड CATL को ब्याट्री जडित Foton High Roof 14 & 15 Seater EV VAN  सार्बजनिक गर्ने भएको छ  |

उक्त गाडीमा 85 KW को पावर रहेको छ, जुन यस सेग्मेन्टको गाडीमा सबैभन्दा धेरै हो । साथै आरामदाइ यात्राको लागि एस्पेसिअस ठुलो सिट, इन्टेरियर र फुल ए. सी. रहेको छ ।   कम्पनीका अनुसार यसमा  ५ वर्ष अथवा ३,००,००० कि. मी. को वारेन्टी रहको छ जुन नेपालमा पाईने गाडीहरु मथ्य सबै भन्दा धेरै भएको कम्पनीको भनाइ छ । 

उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो भ्यान सुरक्षाको दृस्टीकोण पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ। 
फोटोन पछिल्लो समय नेपालमा पिकअप, इलेक्ट्रिक  लो रूफ भ्यान, इलेक्ट्रिक मिनी ट्रक, एम्बुलेन्स सेग्मेंटमा लोकप्रिय हुँदै गइरहेको छ । आकर्षक लुक्स र पेर्फोमेन्सले गर्दा फोटोन नेपालको मार्केटमा लोकप्रिय हुन सफल भएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप