गंगाबारे आरोप पुष्टि नभए अमरेशलाई नांगेझार पार्ने दीपशिखाको चेतावनी
काठमाडौँ । माओवादी युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)का फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालबारे लगाएको आरोप प्रमाणित गर्न सांसद अमरेशकुमार सिंहलाई चुनौती दिएका छन् ।
सिंहले आइतबार सामाजिक सञ्जाल फेसबुकमा गंगाले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छन् त्यो सबै प्रमाण आफूसँग रहेको बताएका थिए । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जाने उल्लेख गरेका थिए । सिंहको स्टाटस्पछि आक्रोशित भएका दीपशिखाले प्रमाण पेस गर्न चुनौती दिएका हुन् ।
‘माननीयज्यू प्रमाणसहित हप्ता दिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईंलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई ?’, सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।
यसअघि वाइसिएलका अध्यक्ष सुबोध सिर्पालीले सिंहलाई प्रमाण पेस गर्न चुनौती दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण