बाल संगठनका विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालयले छात्रवृत्ति दिने
हेटौडा । काठमाडौँ विश्वविद्यालयले बाल संगठनका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । आइतबार काठमाडौँ विश्वविद्यालय र नेपाल बाल संगठनबिच छात्रवृत्ति उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौता अनुसार विश्वविद्यालयले बाल संगठनमा आश्रित बालबालिकालाई छात्रवृत्ति दिने छ ।काठमाडौँ विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमा आइतबार आयोजित कार्यक्रममाझ विश्वविद्यालयका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन मनिष पोखरेल तथा नेपाल बाल सङ्गठनका तर्फबाट अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका थिए । १० वर्षमा नवीकरण हुने गरी दुई पक्षबिच सम्झौता भएको छ ।
सम्झौता अनुसार नेपाल बाल सङ्गठनद्वारा सञ्चालित बाल गृहहरुमा संरक्षित कक्षा १२ उत्तीर्ण गरेका बालबालिका मध्ये २ जनालाई काठमाडौँ विश्वविद्यालयका शैक्षिक कार्यक्रममा अध्ययनको लागि पूर्ण छात्रवृत्ति दिनेछ ।
बाल संगठनको उत्थान र प्रगतिका लागि विश्वविद्यालयले सहकार्यको वातावरण निर्माण गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । यसका लागि विश्वविद्यालयले बाल संगठनको पाँचखाल, काभ्रेमा रहेको जमिन भाडामा लिएर इन्जिनियरिङ अध्ययन तथा अध्यापनका सम्भावना खोज्ने, पुरानो भवनको जीर्णोद्धार गर्ने तथा नयाँ संरचना निर्माण गर्ने सहमति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण