आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, तीन एजेण्डा छलफलका विषय

सोमबार, २५ मङ्सिर २०८०, १४ : ४७
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसले विभिन्न विषयमा निर्णय गर्न केन्द्रीय कायर्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २०८० मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्नेगरी बोलाइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले जानकारी दिएका छन् ।

बैठकमा छलफलका लागि तीन प्रस्ताव पेश गरिने छ । महासमिति बैठक तयारी सम्बन्धमा, जाजरकोट भूकम्प सम्बन्धमा र समसामयिक राजनीतिक विषय छलफलका प्रस्ताव रहेका छन् । 

congress

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप