कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, तीन एजेण्डा छलफलका विषय
सोमबार, २५ मङ्सिर २०८०, १४ : ४७
काठमाडौँ । नेपाली कांग्रेसले विभिन्न विषयमा निर्णय गर्न केन्द्रीय कायर्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २०८० मंसिर २९ गते शुक्रबार दिउँसो १२ः१५ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्नेगरी बोलाइएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले जानकारी दिएका छन् ।
बैठकमा छलफलका लागि तीन प्रस्ताव पेश गरिने छ । महासमिति बैठक तयारी सम्बन्धमा, जाजरकोट भूकम्प सम्बन्धमा र समसामयिक राजनीतिक विषय छलफलका प्रस्ताव रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
-
प्रेमप्रसादको घटनामा बालेनले भनेका थिए– राज्यको चरम असफलता !
-
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण