नेप्सेको उत्साह एकदिन पनि टिकेन, तीव्र उतारचढावका बिच १५ अंकको गिरावट
काठमाडौँ । मौद्रिक नीतिको समीक्षा लगत्तै एकाएक उचालिएको सेयर बजारको उत्साह एक दिन पनि टिक्न सकेन ।
आइतबार बजार खुलेलगत्तै आक्रामक बनेको बजारमा १११ अंकको वृद्धि भएको थियो । तर, लगत्तै दोस्रो दिन पुनः नेप्से सूचक १५.४० अंकले घटेर १९ सय ४८.५७ अंकमा झर्न पुगेको छ ।
मौद्रिक नीतिको तेस्रो समीक्षाले ५० लाख रुपैयाँ माथिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट १२५ मा झारिदिएको थियो । यसले लगानीको वातावरण भएको भन्दै लगानीकर्ताहरु उत्साहित भएको विज्ञहरुको तर्क थियो । तर, सो भनाई नेप्सेको दोस्रो दिनको कारोबारले नै असफल पारिदिएको छ ।
तथापि, आज कारोबार भने उच्च अंकले हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५ अंकले नेप्से सूचक घटेको बजारमा यस दिन ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ९८ हजार कित्ता सेयर कारोबार भएको छ । यो लामो समयको अन्तरालपछिको उच्च कारोबार हो ।
आज म्यानु एण्ड प्रो, माईक्रोफाइनान्स, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक बाहेक बाँकी ९ वटा उपसूचकहरु ऋणात्मक भएका छन् ।
आज बोटलर्स नेपाल (बालाजु), सामुदायिक लघुवित्त वित्तीय संस्था र डोटी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य ७ प्रतिशतमाथिले बढेका छन् । समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने आज ७.१५ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण