विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला
काठमाडौँ । काठमाडौँ, चितवन, मोरङ लगायतका जिल्लामा सोमबार ६ जना मृतअवस्थामा फेला परेका छन् । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी घर भएका ३८ वर्षीय अमृत ढकाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका–४ भगवती टोल डेरा गरी बस्ने प्यूठान मालारानी नगरपालिका–४ घर भएकी ४२ वर्षीया झरना बैजाली पुन मगर आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् ।
उता, मोरङको विराटनगर महानगरपालिका–६ रामपुर चोक बस्ने ४५ वर्षीय राजेश सहनी पनि आफ्नै घर नजिक मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका–६ बैकुण्ठपुर डेरा गरी बस्ने गुल्मी ईस्मा गाउँपालिका– ६ घर भएका ५५ वर्षीय थकारी कुमाल पनि आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
यता, सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारस्थित पेटीमा सोही नगरपालिका–४ बाहुनचौर बस्ने ४२ वर्षीय प्रेम परियार पनि मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
त्यसैगरी जाजरकोट, बारेकोट गाउँपालिका–८ लैखम बस्ने ७५ वर्षीया धनी खत्री पनि मृत अवस्थामा फेला परेकी छन् । खत्री सोही नगरपालिका–८ अँधेरीखोला भन्ने स्थानमा मृत अवस्थामा फेला परेकी हुन् ।
सबै घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेका प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण