बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला

सोमबार, २५ मङ्सिर २०८०, १७ : १९
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँ, चितवन, मोरङ लगायतका जिल्लामा सोमबार ६ जना मृतअवस्थामा फेला परेका छन् । काठमाडौँको कागेश्‍वरी मनोहरा नगरपालिका–६ मुलपानी घर भएका ३८ वर्षीय अमृत ढकाल आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै चितवनको भरतपुर महानगरपालिका–४ भगवती टोल डेरा गरी बस्ने प्यूठान मालारानी नगरपालिका–४ घर भएकी ४२ वर्षीया झरना बैजाली पुन मगर आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् ।

उता, मोरङको विराटनगर महानगरपालिका–६ रामपुर चोक बस्ने ४५ वर्षीय राजेश सहनी पनि आफ्नै घर नजिक मृत अवस्थामा फेला परेका छन् । त्यस्तै रूपन्देहीको सैनामैना नगरपालिका–६ बैकुण्ठपुर डेरा गरी बस्ने गुल्मी ईस्मा गाउँपालिका– ६ घर भएका ५५ वर्षीय थकारी कुमाल पनि आफ्नै कोठामा  मृत अवस्थामा फेला परेका छन् ।

यता, सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारस्थित पेटीमा सोही नगरपालिका–४ बाहुनचौर बस्ने ४२ वर्षीय प्रेम परियार पनि मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

त्यसैगरी जाजरकोट, बारेकोट गाउँपालिका–८ लैखम बस्ने ७५ वर्षीया धनी खत्री पनि मृत अवस्थामा फेला परेकी छन् । खत्री सोही नगरपालिका–८ अँधेरीखोला भन्ने स्थानमा मृत अवस्थामा फेला परेकी हुन् ।

सबै घटनाका बारेमा आवश्यक अनुसन्धान भैरहेका प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप