सङ्कल्प यात्रामा अवरोध नगर्न पहिचानवादीलाई एमालेको अपिल
काठमाडौँ । नेकपा (एमाले)ले मध्य पहाडी पुष्पलाल लोक मागमा सुरु गरेको ‘झुलाघाट—चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ आजबाट कोशी प्रदेश प्रवेश गर्दै छ । एमालेको उक्त अभियानलाई पहिचानवादीहरूले कोशी प्रदेश प्रवेशमा अवरोध गर्ने चेतावनी दिइरहेका बेला एमालेले भने यात्रामा अवरोध नगर्न पहिचान पक्षधरलगायत सबैलाई अपिल गरेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरूद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
नेता गौतमले एमाले अभियानलाई लक्षित गर्दै प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गरिएको भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहहरूलाई अवरोध सिर्जना नगर्न आग्रह गरेका हुन् ।
नेकपा एमालेको अभियान विकास र समृद्धिको अभियान भएकाले यस्ता अभियानमा अवरोध सिर्जना नगर्न र अभियानमा सहयोग पुर्याउन गौतमको आग्रह छ ।
‘ असहमति भए औपचारिक रूपमा शान्तिपूर्ण रूपमा गुनासा राख्न सकिन्छ । कोशी प्रदेशको नामको सवालमा कोशी प्रदेश सभाको आफ्नो सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रूपमा प्रदेश सभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्छ’, गौतमले भनेका छन्, ‘काशी प्रदेश नामकरणमा एमालेसहित नेपाली काँग्रेस नेकपा (माओवादी केन्द्र) पनि सहभागी भएका हुन् । तर एमालेलाई मात्रै निशाना बनाइने गरेको छ यो लोकतान्त्रिक हुन सक्दैन ।’
एमालेको मध्य पहाडी पुष्पलाल लोक मार्ग यात्रा आजबाट उदयपुरको घुर्मी, ओखलढुगाको हर्कपुर हुँदै घुर्मी हुँदै खोटाङ प्रवेश गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण