साबुन प्रयोग गरेर २२० टनको भवनलाई ३० फिट पर सारिएपछि...

नोभा स्कटिया । क्यानडाको नोभा स्कटियाको हलिफ्याक्श शहरमा कुनै समय होटेलको रूपमा प्रयोग गरिएको एउटा भवनलाई सार्न अनौठौ तरिका प्रयोग गरिएको छ ।
तपाईले घरलाई भइरहेको ठाउँबाट अन्यत्र सार्न अनेकौँ प्रविधिबारे सुन्न भएको होला । यो प्रविधि तपाईँको कल्पनाभन्दा परको छ । अर्थात् त्यो भवनलाई सार्नका लागि साबुनको सयौँ टुक्रा प्रयोग गरिएको थियो । हलिफ्याक्समा रहेको एल्मवूड भवन सन् १८२६ मा बसोबासका लागि बनाइएको थियो ।
सन् १८९६ मा सो भवनलाई भिक्टोरियन एल्मवूड होटेलको रूपमा परिणत गरियो । सन् २०१८ मा यसलाई ध्वस्त बनाउन लागिएको थियो । तर रियल ईस्टेट कम्पनी ग्यालेक्सी प्रोपर्टिजले भवन ध्वस्त पार्ने योजना रोकिदियो अनि त्यो भवनलाई किन्यो । कम्पनीले उक्त भवनलाई सडकको नजिकै सार्न खोजेको थियो । कम्पनीले बनाउन लागेको नयाँ अपार्टमेन्ट कम्प्लेक्ससँग यसलाई जोड्न सकियोस् भनेर नयाँ जगमा घरलाई राख्नु थियो ।
भवन २२० टनको थियो । कम्पनीको फेसबुक पेजमा शेयर गरिएको एउटा टाइम ल्याप्स भिडियोमा कम्पनीका क्रु मेम्बरले सो भवनलाई नयाँ ठाउँमा सफलतापूर्वक सारेको देखाइएको छ । कम्पनीका मालिक शेल्डन रशटनका अनुसार भवनलाई स्टिलको फ्रेममा ल्याउन परम्परागत रोलको ठाउँमा ७०० ओटा आइभोरी साबुनको प्रयोग गरिएको थियो । यो साबुन निकै नरम हुन्छ । यस कामका लागि साबुन बाहेक २ ओटा एक्स्काभेटर र ट्रकको प्रयोग गरिएको थियो । नयाँ जग तयार भएपछि भवनलाई फेरि सारिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाईसीएलको पदाधिकारी बढाएकोमा कर्णालीका ६ जिल्ला इन्चार्जको असहमति
-
राजावादी समूहमा विवाद चुलियो, आन्दोलन छिन्नभिन्न
-
संसद्को गतिरोध अन्त्यका लागि रास्वपाको पाँच बुँदे प्रस्ताव
-
अमेरिकाबाट डिपोर्ट भएका ३७ जना : एक जनाबाहेक अरुसँग पासपोर्ट भेटिएन
-
राष्ट्र बैङ्कले माग्यो आगामी मौद्रिक नीतिका लागि सुझाव
-
एमालेलाई सुधार्ने ६ उपाय