शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

वेस्ट इन्डिजले इंग्ल्याण्डलाई हरायो

बुधबार, २७ मङ्सिर २०८०, ०९ : ४३
बुधबार, २७ मङ्सिर २०८०

ब्रिजटाउन । पहिलो टी–२० खेलमा वेस्ट इन्डिजले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य वेस्ट इन्डिजले १८.१ ओभरमा ६ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो ।

वेस्ट इन्डिजलाई जीत दिलाउन साई होपले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै, कायल मेयर्सले ३५ रन बनाए ।  कप्तान रोभमान पावेलले नटआउट रहँदै ३१ रन तथा प्लेयर अफ द म्याच घोषित आन्द्रे रसलले २९ रन बनाउँदै टोलीलाई जीत दिलाए । इंग्ल्याण्डका लागि रेहान अहमदले ३ तथा आदिल रसिदले २ विकेट लिए ।

यसअघि इंग्ल्याण्डले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । इंग्ल्याण्डका लागि फिल साल्टले ४० तथा कप्तान जोस बटलरल ३९ रन बनाए । वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले ३–३ विकेट लिए भने रोमारियो सेफर्डले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप