वेस्ट इन्डिजले इंग्ल्याण्डलाई हरायो
बुधबार, २७ मङ्सिर २०८०, ०९ : ४३
ब्रिजटाउन । पहिलो टी–२० खेलमा वेस्ट इन्डिजले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य वेस्ट इन्डिजले १८.१ ओभरमा ६ विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो ।
वेस्ट इन्डिजलाई जीत दिलाउन साई होपले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै, कायल मेयर्सले ३५ रन बनाए । कप्तान रोभमान पावेलले नटआउट रहँदै ३१ रन तथा प्लेयर अफ द म्याच घोषित आन्द्रे रसलले २९ रन बनाउँदै टोलीलाई जीत दिलाए । इंग्ल्याण्डका लागि रेहान अहमदले ३ तथा आदिल रसिदले २ विकेट लिए ।
यसअघि इंग्ल्याण्डले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । इंग्ल्याण्डका लागि फिल साल्टले ४० तथा कप्तान जोस बटलरल ३९ रन बनाए । वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले ३–३ विकेट लिए भने रोमारियो सेफर्डले २ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण