पवन प्रकृति स्कुलले जित्यो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड
बुधबार, २७ मङ्सिर २०८०, ०९ : ५३
काठमाडौँ । पवन प्रकृति स्कुलले ललितपुर महालक्ष्मी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । नगरभित्र रहेका ३२ विद्यालयका एक हजार चार सय ५० विद्यार्थी सहभागी उक्त प्रतियोगिता मंसिर २४ गते सुरु भएको थियो ।
प्रतियोगितामा एथलेटिक्स, मार्सल आर्ट, कबड्डी र भलिबल खेल समावेश गरिएको थियो । विजयी पवन प्रकृति स्कुल ६ स्वर्ण, तीन रजत र आठ कांस्यसहित च्याम्पियन बनेको हो । उक्त प्रतियोगितामा महालक्ष्मी मावि दोस्रो भयो ।
यसैगरी सिद्धिमंगल मावि तेस्रो स्थानमा रहन सफल भयो । विजयी टोली र खेलाडीलाई संघीय सांसद प्रेम महर्जन र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण