बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
अर्थतन्त्र

अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ : अर्थमन्त्री महत

बुधबार, २७ मङ्सिर २०८०, ११ : ३४
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन । आज मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले सकारात्मक संकेत देखिएको बताएका हुन् । 

उनले लामो समयको प्रयासपछि अर्थतन्त्रमा सुधार देखिन थालेको बताए । बैंकको ब्याजदर घट्नु र राजस्व संकलनमा सुधार देखिनु अर्थतन्त्रमा सकारात्मक संकेतको लक्षण भएको उनको भनाई छ । 

चालू खातामा ५९ अर्ब बचत रहेको छ। बिदेशी मुद्रातर्फ १२ अर्ब ३३ करोड डलर सञ्चित छ । यस अवधिसम्म ९ लाख भन्दा धेरै पर्यटक नेपाल भित्रनु पनि सुधारको संकेत भएको उनले बताए । तर यतिमा नै खुसी भएर बस्न नहुने बताउँदै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन पहल गर्नु पर्ने उनले बताए ।

यसबाहेक मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा समेत सुधार देखिएको डा.महतले बताए । उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैङ्क बिचको उच्च स्तरको निरन्तर छलफल र समन्वयबाट मौद्रिक नीतिलाई क्रमशः खुकुलो बनाउँदै लगिएको बताए ।

‘हालै भएको मौद्रिक नीतिको चौमासिक समीक्षाबाट मौद्रिक नीतिमा महत्त्वपूर्ण परिवर्तन भएको छ। सार्वजनिक संस्थान सुधारका लागि गृहकार्य भइरहेको छ । निजीकरण समितिलाई क्रियाशील बनाई काम अगाडि बढाइएको छ’ अर्थमन्त्री महतले भने । 

अर्थमन्त्री महतले प्रधानमन्त्री र आफ्नो उपस्थितिमा निजी क्षेत्र, अर्थविद् र सरोकारवालासँग पटक पटक अन्तर्क्रिया गरी प्राप्त सुझावका आधारमा आर्थिक सुधारका विषयलाई अगाडि बढाइएको जानकारी दिए । 

वर्तमान आर्थिक अवस्था र परिणामबारे अर्थमन्त्री महतको प्रतिक्रिया-  

माथि उल्लेख गरिएका सुधारका प्रयासले आर्थिक क्रियाकलापहरू क्रमशः चलायमान भएका छन् । यस अवधिमा पुँजीगत खर्चतर्फ करिब ६.० प्रतिशत वृद्धिदर रहेको छ। त्यसैगरी भन्सार महसुल तर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजस्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको छ।

वित्तीय क्षेत्रतर्फ मौद्रिक नीति मार्फत नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैङ्क दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप सङ्कलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कायम गरिएको छ। जसबाट ब्याजदर क्रमशः घट्दै गएको छ। हाल अन्तर बैङ्क दर २.५ प्रतिशतको हाराहारीमा रहेको छ। २०७९ चैत्र महिनामा वाणिज्य बैङ्कहरूको औसत आधार दर १०.४८ प्रतिशत रहेको २०८० असोज मसान्तमा वाणिज्य बैङ्कहरूको औसत आधार दर ९.९४ प्रतिशत रहेको छ। २०७९–८० को पहिलो चार महिनामा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा रु ६८.५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा रु १३० अर्ब पुगेको छ। 

निक्षेपतर्फ २०७९/८० को पहिलो चार महिनामा रु ४६.७४ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा रु २४४ नीतिमा हालै गरिएको परिवर्तनले बैङ्क तथा वित्तीय क्षेत्रमा परेको अर्ब पुगेको छ । मौद्रिक सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिबिम्बित हुँदैछ। घरजग्गा र शेयर कारोबार बढ्न सुरु भएको छ। हालै शेयर बजारमा आएको उत्साहले सकारात्मक सङ्केत गरेको छ। 

त्यसैगरी २०८० चैत्र सम्म समस्यामा परेका ऋणीहरूलाई कर्जाको पुनर्संरचना गर्ने अवधि दिइएको छ । साथै हाल घट्दो ब्याजदरले विविध कारणले बैङ्क ऋण तिर्न नसकेका व्यवसायीलाई राहत दिनेछ। सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको छ ।

अर्थतन्त्रको बाह्य क्षेत्रका परिसूचकहरू अनुकूल बनेका छन्। २०८० असोज मसान्तसम्म चालु खाता रु ५९ अर्ब ले बचतमा रहेको, रु ९९ अर्बले सोधनान्तर बचतमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप