कपाल काट्ने सैलुनमा तक्लुहरुको भिड लागेपछि...
रोम । इटलीका प्रहरीहरूले हालै मात्रै एक जना नाईलाई समाते । सैलुनमा कपाल काट्न, कपालमा रङ्ग लगाउन वा दाह्री बनाउन पो जान्छन् । तर यो सैलुनमा तालुमा कपाल नभएका अनि अनुहारमा दाह्री नै नभएका मानिसहरूको साह्रै नै भिड लाग्थ्यो ।
सैलुनमा शङ्कास्पद गतिविधिको आशङ्का गरेर प्रहरीले निगरानी राख्न सुरु गर्यो । सुरुमा त प्रहरीलाई के चलिरहेको छ पत्तै भएन । कपाल, दाह्री नभएका यति धेरै मानिस सैलुनमा किन आउजाउ गरिरहेका छन् । भेउ पाउनै सकेन । तर केही समय सैलुनमा हुने गतिविधिमाथि निगरानी राखेपछि थाहा भयो कि ती सबै तालु खुँइलेहरु त्यहाँ लागू औषध लिन त्यहाँ जाने गरेका रहेछन् ।
५५ वर्षका ती नाई ड्रग डिलर रहेछन् । प्रहरीले नाईको घरमा छापा मार्यो । यस क्रममा कयौँ ग्राम चरेस भेटियो । सैलुनमा पनि कोक्किन र ड्रग प्याक गर्ने सामान आदि पनि भेटिएको थियो । ती नाई अहिले मारासी जेलमा सजाय कुरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण