आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियासँगको हारपछि रोहितको पहिलो प्रतिक्रिया : ‘मूभ अन’ हुन कठिन थियो

बुधबार, २७ मङ्सिर २०८०, १६ : ४२
बुधबार, २७ मङ्सिर २०८०

नयाँ दिल्ली । विश्वकप २०२३ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि भारतीय कप्तान रोहित शर्माले पहिलो प्रतिक्रिया दिएका छन् । रोहित करिब २४ दिनपछि पहिलो पटक क्यामेरा अगाडि देखिएका हुन् ।

उनले भने, ‘मलाई यसबाट कसरी बाहिर निकाल्ने थाहा थिएन। सुरुका केही दिनमा के गर्ने भन्ने केही थाहा भएन। मेरो परिवार, मेरा साथीहरूले यसलाई सहज बनाइदिनुभयो । मलाई समर्थन गर्नुभयो। तर अगाडि बढ्न सजिलो थिएन।’

शर्माको अन्तर्वार्ताको यो भिडियो बुधबार उनको प्रबन्ध टोलीको आधिकारिक इन्स्टाग्राम खाताबाट पोस्ट गरिएको हो। यो भिडियो मुम्बई इन्डियन्सले पनि ट्वीट गरेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा १९ नोभेम्बरमा भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएको थियो ।

उनले भने, ‘म सधैँ ५० ओभरको विश्वकप हेरेर हुर्केको हुँ । ५० ओभरको विश्वकप मेरो लागि सबैभन्दा ठुलो पुरस्कार थियो। हामीले त्यो विश्वकपका लागि धेरै वर्ष काम गरेका थियौँ। यो एकदम निराशाजनक छ किनभने तपाई‌ंले सबै राम्रो गर्नुभयो, तपाईंले सक्ने सबै गर्नुभयो । यदि कसैले मलाई के गल्ती गर्‍यौँ भनेर सोध्यो भने मसँग जवाफ छैन। हामीले १० खेल जित्यौँ। कोही पनि कहिल्यै परफेक्ट हुँदैन । तपाईंले जित्दा पनि गल्ती गर्नुहुन्छ। म टिममा धेरै गर्व महसुस गर्छु।’

उनले थपे, ‘फाइनलपछि यसबाट बाहिर आउन मेरो लागि सजिलो थिएन । विश्वकप अभियानमा हामीलाई यति धेरै साथ दिनु भएकोमा सबैलाई धन्यवाद। डेढ महिना जनताले हामीलाई साथ दिए, रंगशाला आए, साथ दिए । उहाँहरु सबैलाई धेरै धेरै धन्यवाद । मलाई ती सबैको लागि नराम्रो लाग्यो। तर सबैभन्दा राम्रो कुरा यो थियो कि मैले मानिसहरूलाई भेट्दा उहाँहरूले हामीलाई बुझ्नुभयो। उहाँहरुमा कुनै रिस थिएन । उहाँहरुबाट माया पाए। यसले हामी सबैलाई विशेष गरी मलाई बल दियो र म अगाडि बढ्न सक्षम भएको छु।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Team Ro (@team45ro)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप