प्रदेशलाई चाहिने कानुन नबनाउने भए सङ्घीयताबारे सोच्नुपर्छ : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आवश्यक कानुन नबनाउने भए सङ्घीयताबारे सोच्नुपर्ने अवस्था आएको बताएका छन् । ‘सङ्घ सरकारले कानुन निर्माण नगरे सङ्घीयताको बारेमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘एकल र साझा अधिकारको सूचीमा लेखिएको कुरालाई कानुन बनाएर लिपिबद्ध गरी अधिकार बाँडफाँट गर्दा मात्रै सङ्घीयता ‘सिस्टम’ मा जान्छ ।’
उनले सङ्घले बनाएको कानुनको गाली प्रदेशले खानुपरेको गुनासो गरेका छन् । सङ्घ सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा प्रदेश सरकारले बनाएका कानुन कार्यान्वयनमा पनि समस्या भएको उनको भनाइ छ । ‘सङ्घ सरकारले बनाउनुपर्ने कानुन नबनाएको कारण प्रदेश र स्थानीय सरकारले काम गर्न अप्ठ्यारो परेको छ,’ उनले भने, ‘कानुन निर्माणमा माथिबाट सहजीकरण भएन ।’
प्रदेश विकास समस्या समाधान समितिको बैठकमा पाण्डेले निजामती सेवा ऐन, प्रहरी समायोजन ऐन, जग्गा प्राप्ति ऐन, शिक्षा ऐन लगायत ऐन नबन्दा प्रदेशलाई समस्या भएको सुनाए । ‘सङ्घीयताको नाममा प्रदेशले यो भन्दा बढी गाली खाने अवस्था अब रहँदैन । चाहँदा चाहँदै पन अधिकार नहुँदा, कानुन नहुँदा काम गर्न सकिएको छैन’ उनले अघि भने ।
उनले राष्ट्रिय समस्या समाधान समितिको बैठकमा उठेका विषय कार्यान्वयनमा सुस्तता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण