शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिम दिने संस्थामाथि थप कडाइ

बिहीबार, २८ मङ्सिर २०८०, १६ : ५८
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूमाथि थप कडाइ गरिएको छ । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को दफा ५ (३) (दोस्रो संशोधन) संशोधन गर्दै थप कडाइ गराइएको हो ।

वैदेशिक रोजगार विभागले तालिम प्रदायक संस्थाहरूबारे बारम्बार गुनासो आउन थालेपछि कडाइ गरेको हो । उक्त मापदण्ड पुरा गरेर पुस १९ गतेभित्र अध्यावधिक गर्नुपर्ने विभागका निर्देशक कविराज उप्रेतीले बताए । 

उक्त कार्यविधिमा तोकिएको जनशक्तिका अतिरिक्त पूर्वाधार तयार भएको स्पष्ट योग्यता र प्रमाण विभागको अनुगमन शाखामा पेश गर्नुपर्नेछ । संशोधित कार्यविधि २०७६ को दफा ५ को उपदफा ८ बमोजिम प्रशिक्षकको व्यवस्था गर्नुपर्नेछ । त्यसरी प्रशिक्षकको व्यवस्था गर्दा कम्तीमा १ जना आफूले छानेको क्लष्टर अनुसारको सोही देशमा गएर फर्किआएको व्यक्ति हुनुपर्नेछ ।

त्यस्तै संशोधित कार्यविधि २०७६ को अनुसूची २ को ‘ङ’ अनुसार प्रत्येक प्रशिक्षण कक्षमा ८४  ईन्चको स्मार्ट बोर्ड २ वटा, कम्प्युटर प्रिन्टर र विभागको फेमिस प्रणालीसँग मेल खाने आईरिस रेटिना हाजिर मेसिन (आईरिस स्क्यानर) अनिवार्य हुनुपर्ने विभागले जनाएको छ ।

पुस १९ गतेभित्र उक्त जनशक्ति तथा पूर्वाधार पुरा नगर्ने संस्थाहरूको काम कारोबार रोक्का गरिने विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप