वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिम दिने संस्थामाथि थप कडाइ
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूमाथि थप कडाइ गरिएको छ । अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को दफा ५ (३) (दोस्रो संशोधन) संशोधन गर्दै थप कडाइ गराइएको हो ।
वैदेशिक रोजगार विभागले तालिम प्रदायक संस्थाहरूबारे बारम्बार गुनासो आउन थालेपछि कडाइ गरेको हो । उक्त मापदण्ड पुरा गरेर पुस १९ गतेभित्र अध्यावधिक गर्नुपर्ने विभागका निर्देशक कविराज उप्रेतीले बताए ।
उक्त कार्यविधिमा तोकिएको जनशक्तिका अतिरिक्त पूर्वाधार तयार भएको स्पष्ट योग्यता र प्रमाण विभागको अनुगमन शाखामा पेश गर्नुपर्नेछ । संशोधित कार्यविधि २०७६ को दफा ५ को उपदफा ८ बमोजिम प्रशिक्षकको व्यवस्था गर्नुपर्नेछ । त्यसरी प्रशिक्षकको व्यवस्था गर्दा कम्तीमा १ जना आफूले छानेको क्लष्टर अनुसारको सोही देशमा गएर फर्किआएको व्यक्ति हुनुपर्नेछ ।
त्यस्तै संशोधित कार्यविधि २०७६ को अनुसूची २ को ‘ङ’ अनुसार प्रत्येक प्रशिक्षण कक्षमा ८४ ईन्चको स्मार्ट बोर्ड २ वटा, कम्प्युटर प्रिन्टर र विभागको फेमिस प्रणालीसँग मेल खाने आईरिस रेटिना हाजिर मेसिन (आईरिस स्क्यानर) अनिवार्य हुनुपर्ने विभागले जनाएको छ ।
पुस १९ गतेभित्र उक्त जनशक्ति तथा पूर्वाधार पुरा नगर्ने संस्थाहरूको काम कारोबार रोक्का गरिने विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण