आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पहिचान पक्षधरलाई ओलीको सुझाव : कालो झन्डा देखाए समस्या समाधान हुँदैन

शुक्रबार, २९ मङ्सिर २०८०, ११ : ५८
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचान पक्षधरप्रति लक्षित गर्दै कालो झन्डा देखाएर र हिंसात्मक आन्दोलन गरेर समस्या समाधान नहुने बताएका छन् । शुक्रवार तेह्रथुमको म्याङ्लुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पहिचान पक्षधरको नाम उल्लेख नगरी भने–

‘कालो झन्डा देखाएर, हिंसात्मक आन्दोलन गरेर समस्याको समाधान हुँदैन । लोकतान्त्रिक विधिबाट माग पुरा गर्नुपर्छ ।’ अध्यक्ष ओलीले नेकपा एमालेमाथि जनताको भरोसा रहेको भन्दै भने ‘भावनात्मक आवेग छोड्नोस्, शान्तिपूर्ण छलफल गर्नुपर्छ ।’

उनले सल्लाको रूख काटेर बाटो रोक्ने काम बन्द गर्न सुझाव दिँदै सल्लाको रूखले अवरोध गरेर समृद्धिको यात्रामा धक्का नलाग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप