सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्घीय कानुन निर्माण सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री

शुक्रबार, २९ मङ्सिर २०८०, १२ : ०७
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय कानुन निर्माणमा सरकारको प्राथमिकता दिएको बताएका छन् । २९ औँ महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुन निर्माण पश्चात् स्थानीय तह र सङ्घीयता अझै बलियो हुने विश्वास गरे ।

‘सङ्घीय कानुन बनाउन सङ्घीय सरकारले प्राथमिकतामा राखेको छ । कानुन निर्माणपश्चात् स्थानीय तह र सङ्घीयता अझै बलियो हुने विश्वास लिएको छु’, प्रधानमन्त्री प्रचण्डले भने । 

सङ्घीयताको अभ्यासपश्चात् भएको दुई वटा निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबलीकरण गर्न मद्दत गरेको उनले बताए ।

स्थानीय तहलाई अझ प्रभावकारी बनाउन वित्तीय हस्तान्तरण गर्न सरकारले पहल गर्ने आश्वास दिए ।

काठमाडौँलाई खुला संग्राहलयको रूपमा विश्वसामु चिनाएको र पर्यटन प्रवर्द्धनबाट नागरिकको जीवनस्तर उकास्न मद्दत गरेको उनले बताए ।  

पछिल्लो पटक महानगरपालिकाले गरेको काम आफूले नियाली भन्दै उनले महानगरपालिकाको कामले सङ्घीय सरकारलाई सकारात्मक प्रेरणा दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप