दल दर्ता गर्ने कांग्रेसको निर्णय, टिकट वितरणको जिम्मा देउवालाई
शुक्रबार, २९ मङ्सिर २०८०, १४ : २२

काठमाडौँ । नेपाली कांग्रेसले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको सो पार्टीका केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन आयोगमा दल दर्ताका गर्न कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेललाई जिम्मेवारी दिएको हो ।
त्यस्तै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि टिकट वितरण गर्न सभापति शेरबहादुर देउवालाई अधिकार प्रत्यायोजन गरेको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम समय मङ्सिर २९ अर्थात आजसम्मलाई तोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प