अहिले सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन सकेनन्ः नेता केसी
काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन नसकेको बताएका छन् ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिले सरकार र संसद दुवै सफलतापूर्वक सञ्चालनमा आउन नसकेकाले महासमितिको बैठकमा यसबारेमा छलफल गर्नुपर्ने बताए । उनले महासमितिको बैठकमा नेपाली जनतामा देखिएका असन्तुष्टिबारे छलफल हुन आवश्यक रहेको बताए । उनले भ्रष्टाचारबिरोधी अभियान सशक्त रुपले अघि बढाउने र विधि विहिनताको अन्त्य गर्नुपर्ने कुरा पनि महासमिति बैठकमा उठाउनुपर्ने बताए ।
उनले भने, ‘आम रुपबाट नेपाली जनतामा देखिएका असन्तुष्टिले बिस्तारै बिद्रोहको स्वरुप धारण गर्ने जो अवस्था देखिएको छ, त्यसलाई अब आउने महासमिति बैठकमा त्यसलाई सम्बोधन गर्नेगरी उठाउनुपर्छ । खासगरी भ्रष्टाचारबिरोधी अभियान सशक्त रुपले अघि बढाउनुपर्छ । विधि विहिनताको अन्त्य गर्नुपर्छ । सरकारको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने ? भनेर सोच्नुपर्छ । अहिले सरकार पनि सफल हुन सकेको छैन, संसद पनि सफलतापूर्वक सञ्चालनमा आउन सकेको छैन । पार्टी पनि गतिशिल भएको छैन । यी समग्र चिजलाई विस्तृत समीक्षा र छलफल गर्नुपर्छ ।’
नेता केसीले पार्टी नेतृत्वमा संकिर्ण घेराबाट परिचालित हुने प्रवृत्ति देखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण