यो साता नेप्सेमा उत्साह– परिसूचक साढे ७ प्रतिशतले बढ्यो, १६ अर्बको कारोबार
काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४१.८३ अंक बढेर बन्द भएको छ । साताको ५ दिन कारोबार भएको नेप्से परिसूचक ४ दिन उकालो लागेपछि बढेर बन्द भएको हो । नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन १८५२ अंकमा बन्द भएको थियो ।
जुन, यो साता साढे ७ प्रतिशतले बढेसँगै १९९४.६० अंकमा पुगेर रोकिएको हो । यो साताको पहिलो कारोबार दिन आइतबार बजार १११ अंकले बढेको थियो । उक्त दिन बजार ६ प्रतिशतले बढेसँगै कारोबार नै रोकिएको थियो । सोमबार १५ अंकको करेक्सन आएपनि त्यसयता भने निरन्तर बढ्यो । मंगलबार परिसूचक ३६.८६ अंकले बढ्दा २.६० अंकले बढेको थियो । यस्तै, विहीबार ६.५५ अंकले परिसूचक बढ्यो । नेपाल राष्ट्र बैंकले गत साताको शुक्रबार मौद्रिक नीति समिक्षा गरेको थियो । जसमार्फत बैंक ब्याजदर घटेको थियो ।
यस्तै, केन्द्रीय बैंकले अर्थतन्त्र चलायमान बनाउन लचिलो नीति लिएको थियो । जसको परिणाम बजारमा देखिएको हो । परिसूचकमा साढे ७ प्रतिशतको वृद्धि आएको साता कारोबार रकममा समेत उत्साहजनक वृद्धि आएको छ । यो साता नेप्सेमा १६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । जुन, गत साताको तुलनामा ९ अर्ब ५ करोडले बढी हो ।
गत साता नेप्सेमा ७ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो । यसबाट लामो समयदेखि न्यून कारोबार भइरहेको नेप्सेमा रौनक फर्किएको देखिन्छ । यस्तै, यो साता नेप्सेको बजार पूँजीकरणमा समेत ७ प्रतिशतकै वृद्धि आएको छ । यससँगै, नेप्सेको बजार पूँजीकरण ३० खर्ब ७६ अर्ब पुगेको छ ।
यो अघिल्लो साताको अन्तिम कारोबार दिन २८ खर्ब ६२ अर्ब रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण